काठमाडौँ । सहरी विकास मन्त्री प्रकाशमान सिंहले उत्पादनमा जोड दिनेलाई सरकारले महत्त्व दिनुपर्ने बताएका छन् ।
आजदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको फीन इलेक्ट्रो टेक २०२४ को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंहले उत्पादनमा जोड दिनका लागि ऊर्जा व्यवस्था मिलाउन सरकार लागिरहेको बताएका हुन् ।
उनले निजी क्षेत्रको सुझावलाई सरकारले महत्त्व दिएको बताएका छन् । उनले भने, ‘निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने सरकारको प्राथमिकताको विषय पनि हो । सरकारको कामका रिजल्ट केही समयपछि आउँछ । बिस्तारै देखिँदै जाने छ । मन्त्री सिंहले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बनाउने प्रयासमा लागेको समेत जानकारी दिएका छन् ।
आम उपभोक्तालाई नवीन र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फीन इलेक्ट्रो टेक २०२४” को आयोजना गरिएको छ ।
Comment