आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो



काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा सामान्य गिरावट देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा ६ करोड १० लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १९ दशमलव ४९ प्रतिशतले बढी हो ।


चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ३५ करोड २ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५६ करोड ५४ लाख रहेको छ । महाविपत्ती कोषमा ८ करोड ३५ लाख रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्मा स्पेसल रिजर्भमा १ अर्ब ७१ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ३२ करोड ३४ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा भने ५१ करोड १९ लाख रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा ८ करोड ५ लाख रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३ दशमलव ३० प्रतिशतले घटेको हो ।

समीक्षा वर्षमा कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३३ करोड ९३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३५ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ४४ लाख खर्चिएको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ। पीई रेसियो ७७.३० गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो २.७७ रहेको छ ।

प्रकाशित : २९ कार्तिक २०८१, बिहीबार ११:४३