काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का दुई वटा संठगन एक आपसमा मर्ज हुने भएका छन् ।
धितोपत्र ब्रोकर एशोसिएसन नेपाल र स्टक ब्रोकर एशोसिएसन अफ नेपाल आजदेखि मर्ज भएर एक बन्ने भएका हुन् ।
नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स पाए पछि सागर ढकालको अध्यक्षतामा धितोपत्र ब्रोकर एशोसिएसन नेपाल गठन भएकाे थियाे । पुराना ब्रोकरहरूको भने स्टक ब्रोकर एशोसिएसनकाे अध्यक्ष धर्मराज सापकोटा रहेका छन् ।
अब स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसनबीच बुधबार साँझ मर्जरसम्बन्धी सम्झौता हुने बाताईएकाे छ ।
Comment