काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाकारी दिएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदैछ । २०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध मनाङे सर्वोच्च गएका थिए ।
गत कात्तिक २० गते उच्च अदालत पाटनको फैसलालाई सदर सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय सुनाएको थियो । मनाङेको समूहले २०६१ सालमा मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उनलाई आजै अदालतमा पेस गरेर कारागार चलान गर्ने तयारी गरिएको छ ।
Comment