काठमाडाैँ । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुन लागेको छ। जिल्ला समन्वय समिति प्रमुखदेखि नगर प्रमुख,गाउँपालिका अध्यक्षदेखी वडाध्यक्षसम्म रिक्त स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुन गइरहेको हो ।
निर्वाचन आयोगका अनुसार रिक्त रहेका स्थानीय तहका विभिन्न पदमा हुन लागेको उपनिर्वाचनमा भाग लिन २५ दल आयोगमा दर्ता भइसकेका छन्। आयोगले रिक्त स्थानीय तहका विभिन्न पदहरुमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च निर्धारण समेत गरिसकेको छ।
नगर तथा गाउँपालिकाका प्रमुख उपप्रमुख एवं जिससमा रिक्त स्थानीय तह
काठमाडौंको कीर्तिपुर नगरपालिका- प्रमुख
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- उपाध्यक्ष
ओखलढुंगा – जिल्ला समन्वय समिति प्रमुख
कैलाली- जिल्ला समन्वय समिति प्रमुख
दोलखाको गौरिशंकर गाउँपालिका= उपाध्यक्ष
दैलेखको महाबु गाउँपालिका अध्यक्ष
वडाध्यक्षका लागि उपनिर्वाचन हुने स्थानीय तह-
झापाको कन्काई नगरपालिका–६
तेह्रथुमको लालीगुराँस नगरपालिका–८
सुनसरीको गढी गाउँपालिका–६
ओखलढुंगाको मोलुङ गाउँपालिका–५
उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका– ९
सप्तरीको डाक्नेश्वरी नगरपालिका–४
रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८
काठमाडौंको कीर्तिपुर नगरपालिका–१ र ४
काठमाडौं महानगरपालिका–१६
नुवाकोटको ककनी गाउँपालिका–२
मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२
गोरखाको गोरखा नगरपालिका–५
गुल्मीको मुसिकोट नगरपालिका–१
रोल्पाको रून्टिगढी गाउँपालिका–४
बर्दियाको ठाकुरबाबा नगरपालिका–४
दैलेखको दुल्लु नगरपालिका–१३
कालिकोटको तिलागुफा नगरपालिका–४
जाजरकोटको कुशे गाउँपालिका–७
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५
बझाङको सुर्मा गाउँपालिका–४
डोटीको पूर्वीचौकी गाउँपालिका–६
दार्चुलाको दुहुँ गाउँपालिका–५
कञ्चनपुरको भीमदत्त नगरपालिका–६
Comment