ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नियामकीय प्रावधानअनुसार ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा परेको छ।

नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको हो। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेकोले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकमाथि पहिलोपटक कारबाही भएको केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं. (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम व्याजदर अन्तरभन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुपालना नगरेकोले मितेरी डेभलपमेन्ट बैंकलाई यस एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नं. ४ को उपबुँदा नं (३) मा भएको व्यवस्थाबमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्पपीडितलाई प्रवाह गरिनेबाहेकका अन्य पुनरकर्जा सुविधा प्रदान नगर्ने कारबाही गरेको छ।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलबार १५:०० 29 October, 2024 3:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।