नेपालमा पहिलो पटक इन्भेष्टमेण्ट मेगा बैंकले भित्र्यायो भिसा वेयरेबल स्टिकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालमा पहिलो पटक इन्भेष्टमेण्ट मेगा बैंकले भित्र्यायो भिसा वेयरेबल स्टिकर



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआइएमबि पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त वेयरेबल स्टिकर सार्वजनिक गरिएको हो । अब ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण टयाप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्नेछन् । यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकले ‘एनआइएमबि पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बारे जानकारी गराइएको थियो । यसले ग्राहकहरूलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।

‘एनआइएमबि पेवियर’ नेपालका लागि गेम–चेन्जर हो’, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने,‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ ।’

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार ०७:४४