दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार



काठमाडौं। मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१४ कम्पनीका एक करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी रावा इनर्जीको शेयर मुल्य ८.८६ प्रतिशतले बढेको छ भने मनकामना इन्जिनियरिंगको शेयर ७.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी वीन नेपाल लघुवित्तको सबैभन्दा ४.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको १७ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार बराबरीको कारोबार भएको छ ।

त्यस्तै आज कुमारी बैंकको सबैभन्दा बढी ५ लाख ७२ हजार ८४६ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलवार १६:२१