सीईडीबी हाइड्रोपावर कम्पनीले बोलायो विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सीईडीबी हाइड्रोपावर कम्पनीले बोलायो विशेष साधारणसभा



काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले सभा कात्तिक २० गतेका लागि बोलाउने निर्णय गरेको हो । सभा कालिमाटी ब्यांक्वेट, कालिमाटी, काठमाडौंंमा बिहान ८ बजेदेखि बस्नेछ ।

सभाले ५ जना सञ्चालकको निर्वाचन गरी नियुक्ति गर्नेछ । त्यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार ०७:२४