सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा रास्वपा सभापति लामिछाने पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा रास्वपा सभापति लामिछाने पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएकाे हाे ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे थियाे । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले सहकारी ठगीमा अनुसन्धान गर्नलाई  पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने सहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार १९:१२