शिवम् सिमेन्टद्वारा एम्बुलेन्स हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिवम् सिमेन्टद्वारा एम्बुलेन्स हस्तान्तरण



काठमाडौं ३० चैत । शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वबोध गद मकवानपुरगढीको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।

एम्बुलेन्सको हस्तान्तरण एक विशेष कार्यक्रममार्फत कम्पनीका संचालक रघु नन्दन मारुले गर्नु गरे । एम्बुलेन्स हस्तान्तरण सँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप ५२ हजार को ‘सिड मनी’ पनि प्रदान गरिएको थियो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ, मकवानपुरगढी र हटिया लगायतसो वरिपरिका आम जनसमुदायमा सेवा पुर्‍याउनेछ ।

हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो ।

यसै कारण, हाल उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकोले उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५ हजारभन्दा बढी स्थानीयहरुलाई प्रत्यक्षलाभ पुग्ने कम्पनीको विश्वास रहेको छ ।

एम्बुलेन्स सुविधा लिन सम्पर्क नं. ९८१५२५५७२२ वा ९८६५२१०८८८ मा फोन गरी तुरुन्तै ऐम्बुलेन्स मगाउन सकिन्छ ।

प्रकाशित : ३० चैत्र २०७३, बुधबार ०८:०४