सन नेपालले पायो युकेबाट आइएसओ प्रमाणपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सन नेपालले पायो युकेबाट आइएसओ प्रमाणपत्र



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड युकेबाट आइएसओ आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीका अनुसार यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली “सूचना सुरक्षा व्यवस्थापन प्रणाली” मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ ।

साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ । कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ–आई.ई.सी २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण आइ.एस.ओ–आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

यसबाट कम्पनीले “जोखिम आधारित विधि”मा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि “पहिलो रक्षा रेखा” बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।

आइ.एस.ओ–आई.ई.सी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने कम्पनीले जनाएको छ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार ०७:५८