ज्योति विकासका ग्राहकलाई पोखरास्थित कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकासका ग्राहकलाई पोखरास्थित कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट



काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा विशेष छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीच विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसंगै बैंकका ग्राहकले यस्तो छुट पाउने भएका हुन्।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र रुम चार्जमा १५ प्रतिशत सम्मको छुटको पाउनेछन।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा बैंकका ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउनेछन्। कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री स्टार स्तरको रिसोर्ट हो।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार ०७:५७