नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर सार्वजनिक



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर असोजको तुलनामा घटेको हो ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।

प्रकाशित : ३० आश्विन २०८१, बुधबार १२:५५