दोहोरो अंकले घट्यो शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्यो शेयर बजार



काठमाडौं । साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको शेयर बजार मंगलबार भने घटेको छ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हाे ।

आज शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशलमव ३९ अंकले घटेर २,६६३ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको १ करोड ३ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ५० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलवार १५:५८