प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने



काठमाडौं । प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले यस्तो सहयोगको घोषणा गरेको हो ।

प्राइम कमर्सियल बैंकका तर्फबाट बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार ०७:४२