३० लाखभन्दा कम मूल्यको ईभी खोज्नेका लागि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

३० लाखभन्दा कम मूल्यको ईभी खोज्नेका लागि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर



काठमाडौं । पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभीमा स्पेसल लिमिटेड टाइम एक्सचेन्ज अफर ल्याएको छ ।

आइतबारसम्म चल्ने यस अफरअन्तर्गत ग्राहकहरुले वुलिङ बिंगो ईभीका साथ आकर्षक एक्सचेन्ज अफर पाउनेछन् । ञआधुनिक इलेक्ट्रिक कारमा पाइने आकर्षक फिचर र पर्फमेन्स पाइने वुलिङ बिंगो ईभी २९ लाख ९९ हजार मूल्यमै उपलब्ध हुनेछ ।

कम्फर्ट र सेफ्टी दुवैका लागि डिजाइन गरिएको र एड्भान्स्ड टेक्नोलोजीका साथ उपलब्ध वुलिङ बिंगो ईभीमा स्पेसियस इन्टेरियर, कटिङ–एज इन्फोटेनमेन्ट सिस्टम र इन्ह्यान्स्ड ब्याट्री एफिसियन्सी रहेको छ । व्यक्तिगत र पारिवारिक दुवै प्रयोजनका लागि उपलब्ध वुलिङ बिंगो ईभी ग्राहकले चाहेकै दिनमा डेलिभरी समेत गरिने कम्पनीको भनाई छ ।

सो गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर तथा मोटर तथा हाई भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ । सो अफर कम्पनीको नक्सालस्थित शोरुममा चलिरहेको छ ।

प्रकाशित : १७ आश्विन २०८१, बिहीबार २२:१०