डिशहोम इन्टरनेटको नयाँ कनेक्सनमा बोनससहित आकर्षक अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिशहोम इन्टरनेटको नयाँ कनेक्सनमा बोनससहित आकर्षक अफर



काठमाडौं । डिश होमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, २०० एमबीपीएस र ३०० एमबीपीएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्ने कम्पनीको विश्वास छ । साथै, १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको छ ।

कम्पनीका अनुसार यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरु जित्न सक्नेछन् । साथै, हप्तामा १२ भाग्यशाली विजेताहरूले डी होम एप्लीकेशनका सामानहरू,स्मार्टफोन, इयरबड्स, र स्ट्रीमरजस्ता उपहारहरू जित्न सक्नेछन् ।

त्यस्तै, बम्पर लक्की ड्र अन्तर्गत एक भाग्यशाली विजेताले डी होम एप्लीकेशन को फ्रन्ट लोड वासिङको म्याचिन जित्न सक्नेछन् ।

डिश होमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डी होम एप्लीकेशनका सामानहरूमा ४० प्रतिशत सम्मको छुट, मीभी डिवोपोड्समा ५४ प्रतिशतसम्मको छुट, र फाएरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिने छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिश होम इन्टर्नेटको ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार १५:१९