नामी र सेरेज गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नामी र सेरेज गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म ऋण दिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले छोटो समयमै लोकप्रिय बनेको नामी र सेरेज (विद्युतीय सवारी) खरिदका लागि १ करोड रुपैयाँसम्म ऋण दिने भएको छ ।

बैंक र एमएडब्लु मोटर्सबीच गाडीमा कर्जा लगानीका लागि सम्झौता भएको छ । सोही सम्झौता अनुसार एकल अंकको स्थिर ब्याजदरमै बैंकले गाडी कर्जा लगानी गर्नेछ।

बैंकले वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामी र सेरेस इभिगाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । यसको बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने सम्झौतामा उल्लेख छ ।

उक्त सम्झौता आगामी कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार १५:११