पोखरामा एमएडब्लू वृद्धिको‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

पोखरामा एमएडब्लू वृद्धिको‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ सुरू



काठमाडाैं । दीपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लू वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ सुरू गरेको छ । यो क्याम्पमा ग्राहकले दीपल, सेरस र नामीले नाडा अटो शोमा ल्याएको विशेष अफर उपयोग गर्न पाउने छन् ।

दीपल एस ०७ बजेटअघिको मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । त्यस्तै, नयाँ ‘सेरेस ३’ ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन् ।

त्यसैगरी, ग्राहकले हरेक टेष्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकले ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।

ग्राहकले दीपल, सेरेस र नामी ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा खरिद गर्न गक्नेछन् । यो क्याम्पमा सहभागी मध्ये भाग्यशाली विजेताले रुपाकोटको स्टे पुरस्कार पाउने छन् । सोमबारदेखि पोखरा इभेन्ट सेन्टर, बुलाउदी-६ मा सुरू भएको उक्त क्याम्प बुधबारसम्म चल्नेछ ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलवार १७:४५