यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’



काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/ ०८२ को पहिलो महिना साउनको तथ्यांक आधारित भएर ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत छ ।

त्यसैगरी, आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।

त्यस्तै, मुलुकको कुल विदेशी विनिमय सञ्चिति २ हजार ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड छ भने नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ ।त्यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको उक्त रिपोर्टमा उल्लेख छ ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १६:३०