बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुग्यो



काठमाडाैं । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार २०८१ साउन मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुगेको छ। यीमध्ये २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ रहेकोमा साउन मसान्तमा घटेर १०७ मा सीमित भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले मुलुकभर शाखा विस्तार गर्दै आएका छन्। साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११,५४१ पुगेको छ। अघिल्लो महिनाको तुलनामा ११ वटा नयाँ शाखा थपिएका हुन्, जुन २०८० असार मसान्तमा ११,५३० थियो।

वाणिज्य बैंकहरुको ५०६३ शाखा, विकास बैंकहरुको ११३५ शाखा र वित्त कम्पनीका २८८ शाखा छन्। त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुको ५५ शाखा र पूर्वाधार विकास बैंकको १ शाखा रहेको छ। बैंकिङ पहुँच विस्तारका क्रममा साना तथा ग्रामीण क्षेत्रमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको देखिन्छ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १४:५२