एक महिनामै डेढ खर्ब रेमिट्यान्स भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक महिनामै डेढ खर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । एक महिनामै झन्डै डेढ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड बराबरको रेमिट्यानस भित्रिएको हो । यो गत वर्षको साउनको तुलनामा भने समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या भने घटेको छ ।

साउनमा ३६ हजार ९२८ जनाले श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १३:२०