ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ ।

कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता संस्थापक समूहको र २५ लाख ४३ हजार १ सय कित्ता सर्वसाधारणको कायम भएको छ । बैंकको गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार १०:५७