मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

पक्राउ गर्न उनको घरमा पुगेको प्रहरी टोलीसँग प्रसाईँको विवादसमेत भएको थियो । केही दिनअघि  प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको थियो ।

प्रकाशित : ६ आश्विन २०८१, आईतवार १६:०८