´साँझमा सेल्फी’ लोकार्पण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

´साँझमा सेल्फी’ लोकार्पण



काठमाडौँ । कवि, उपन्यासकार हेम प्रभासको कविता सङ्ग्रह ‘साँझमा सेल्फी’ लोकार्पण भएको छ । कवि, मदन पुरस्कार विजेता नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल, कवि हेम प्रभासले शनिबार उक्त पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा कवि नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए ।

कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कविता साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै साँझमा सेल्फी विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको बताए ।

कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी, शंकर तिवारीले कविता वाचन गरेका थिए । कलाकार सरोज खनालले कविता सङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरेका थिए । कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार ०९:५४