अप्पर तामाकोशीका स्थानीय कर्मचारी असन्तुष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अप्पर तामाकोशीका स्थानीय कर्मचारी असन्तुष्ट



अप्पर तामाकोशी हाइड्रोपावरमा कार्यरत स्थानिय कर्मचारीहरुले आफुहरुलाई सेवासुविधामा विभेद गरेको भन्दै असोज ४ र ५ गते शान्तिपूर्ण धर्ना दिने शुरु गरेका छन् ।

उनीहरुले कम्पनीको व्यवस्थापन पक्षले विगत दुई वर्षदेखि सेवा सुविधामा विभेद गरिएको गुनासो गरेका छन् । समितिले असोज ६ गतेदेखि माग पुरा नभएसम्म कम्पनीको सवारी साधन सञ्चालनमा पनि रोक लगाउने बताएको छ।

दोलखा जिल्लाबासी स्थानीय करार कर्मचारी संघर्ष समितिको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा जिल्ला बाहिर कार्यरत कम्पनीका कर्मचारी र जिल्लाभित्र कार्यरत कर्मचारीहरुमा सेवासुविधामा भएको विभेद अन्त्य गरी सबै कर्मचारीहरुले पाउने सेवा सुविधामा समानताका लागि पटक- पटक अनुरोध गर्दा पनि व्यवस्थापन पक्षले सम्बोधन नगरेको उल्लेख छ । 

साथै विज्ञप्तिमा गत भदौ २४ गते समितिको गठन गरी हाल कटौती गरेको खाईपाई आएको सेवा सुविधा समेत शोधभर्नासहित कटौती गरेको सेवा सुविधा उपलब्ध गराउन भदौ २८ गतेदेखि असोज ३ गतेसम्म एक हप्ताको अल्टिमेटम दिएकोमा मागहरु सम्बोधन गर्न व्यवस्थापन पक्षले कुनै चासो नदेखाएपछि शान्तिपूर्ण संघर्ष कार्यक्रम सञ्चालन गर्नु परेको उल्लेख छ ।

तर उनीहरुले कम्पनीको दोलखा जिल्लामा रहेको गोंगरस्थित पावर प्लान्टमा भने कुने अवरोध नगर्ने बताएका छन् । कम्पनीले विगत केहि वर्षदेखि ४५६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ११:१०