सुनको मूल्य तोलामा एकै दिन बढ्यो १५ सय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनको मूल्य तोलामा एकै दिन बढ्यो १५ सय



काठमााडाै । बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । केहि दिनदेखि सुनको मूल्य निरन्तर बढेर नयाँ उचाई कायम गर्दै आएको थियो ।

अघिल्लो दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएकोमा यो दिन भने तोलामा १ हजार ५०० रुपैयाँ बढेर १ लाख ५७ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, यो दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

यसैगरी,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६४२ रुपैयाँ कायम भएको छ ।

यसैगरी, अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर कटौती गर्ने घोषणा गरेसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन पनि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ०.२५ प्रतिशतले बढेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५९३.७१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ११:०६