दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरीको साइबर ब्युरोले प्रसाईंलगायतका व्यक्तिलाई पक्राउ गर्न अदालतसँग आदेश मागेको थियो। सोही मागबमोजिम अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले पक्राउ गर्न अनुमति दिएको हो।

अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न साइबर ब्युरोले उनीहरुलाई पक्राउ गर्न अनुमति माग गरेको थियो।

प्रकाशित : २ आश्विन २०८१, बुधबार १८:२८