काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। उक्त स्विमिङ्ग पूल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ।
हालै बैंकले ललितपुरस्थित ‘Medex Multispecialty Clinic & Diagnostic Center’ मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात ‘Tranquility Spa’ का देशभरका १७ वटै
आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले Jasmine Fitness Club & Spa मा २० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
Comment