कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९ प्रतिशतले घट्यो



काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंकले एक करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले चार करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६.६२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १६ करोड ४८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद सञ्चालन आम्दानी १३ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै सञ्चालन मुनाफा पनि ७३.९९ प्रतिशतले घटेर एक करोड १५ लाख रुपैयाँमा सीमित बनेको छ ।

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ र रिजर्भको आकार चार करोड ९७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म पाँच अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले तीन अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

बैंकको प्रतिसेयर आम्दानी २.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२४.७२ गुणा, प्रतिसेयर नेटवर्थ ७९.४९ रुपैयाँ रहेको छ ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १५:०६