कुमारी बैंकले तीज पर्वको अवसरमा ल्यायो ‘क्यास ब्याक’ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकले तीज पर्वको अवसरमा ल्यायो ‘क्यास ब्याक’ योजना



काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।

बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तीजको शुभकामना स्वरुप भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु. १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १४:३७