नेपाल एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरकाे टिकटमा ८ प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरकाे टिकटमा ८ प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले बुद्ध एयर प्रा. लि. को टिकटमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सोमबार बैंक र एयरबीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र बुद्ध एयरका संचालक (मार्केटिङ, सेल्स) रूपेश जोशीले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, बैंकका सल्लाहकार छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका प्रबन्धक प्रविण मुनि बज्राचार्य लगायतको उपस्थिति थियो ।

हाल यस बैंकले एक सय वटा शाखा कार्यालय, २२ वटा एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ वटा शाखा रहित बैंकिङ्ग सेवा, १२१ एटीएम र एक कर्पाेरेट शाखा कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार १८:२७