काठमाडाैं । कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इस्पेसियालिटी आई केयर सेन्टर छूट दिने समझदारी भएको छ । सम्झौता अनुसार कम्पनीका ग्राहकहरुले आई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छूट सुविधा पाउने छन् ।
जसअनुसार आई केयर सेन्टरबाट कम्पनीका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्ने विश्वास रहेको कम्पनीले बताएको छ ।
कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Comment