स्वास्थ्य मन्त्री पौडेलको रोइलोःअस्पतालहरुको पूर्वाधारलाई पूर्ण क्षमता हामी संग छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थ राजनीति

स्वास्थ्य मन्त्री पौडेलको रोइलोःअस्पतालहरुको पूर्वाधारलाई पूर्ण क्षमता हामी संग छैन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टि आइरहेको भन्दै डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टिका रुपमा आइरहेका छन् । त्यसलाई व्यवस्थित गर्न डेलिभरी गर्ने स्थिति निर्माण गर्ने सन्दर्भमा राजनीतिले कर्मचारी संयन्त्रसँग सहकार्य गर्न सक्नुपर्छ । कर्मचारी संयन्त्रको क्षमता प्रयोग गर्न सक्ने स्थिति निर्माण गर्न सक्नुपर्छ ।’

उनले अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने र उपकरणमा थुप्रै लागत लाग्ने स्थिति रहेको भन्दै त्यो आर्थिक क्षमतापनि राज्यसँग नभएको स्थिति रहेको गुनासो गरे । क्षमता पूर्ण नहुँदा पनि कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर प्रयास गरिरहेको उनको भनाई छ ।

उनले भने,‘अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने स्थिति छ । त्यसमा पनि आर्थिक सरकारको छैन् । उपकरणमा थुप्रै लागत लाग्ने स्थिति छ तर त्यो क्षमतापनि राज्यसँग नभएको स्थिति छ ।

सेवा प्रभावकारी आजै चाहिएको छ । आवश्यकता अनुसार क्षमतालाई पूर्ण बनाउन सकेको स्थिति छैन् । त्यसैले क्षमता पूर्ण नहुँदाँ पनि कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर हामी प्रयास गरिरहेका छौं ।’

प्रकाशित : १९ भदौ २०८१, बुधबार १५:०१ 4 September, 2024 3:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।