टोयोटाको विजय उत्सव शुरु, एक्सचेन्जदेखि बीमासम्मको सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

टोयोटाको विजय उत्सव शुरु, एक्सचेन्जदेखि बीमासम्मको सुविधा



टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बिहीबारदेखि भदौ १८ गतेसम्म ‘टोयोटा विजय उत्सव’ मनाउने शुरु गरेको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न योजनाहरु पनि सार्वजनिक  गरिने छ ।

विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको व्यवस्था तथा तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर तथा नगद छूटका विशेष अफर पाउने छन् । 

कार्यक्रममा विभिन्न बैंकहरुको सहकार्यमा सहज रुपमा फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले बताएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेन्जरसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने पनि कम्पनीको भनाइ छ ।

सोही अवसरमा टोयोटाका गाडी प्रयोग गर्दै आएका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अवसरमा डेली लक्की ड्र समेत सञ्चालन गरिने कम्पनीले बताएको छ ।

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार ०८:०५