सर्वसाधारणले पनि दिन पाउने गरी ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सर्वसाधारणले पनि दिन पाउने गरी ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने गरि बिक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक सेयरधनीकाे नाममा भएकाे छ हजार ९६९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो तर अन्य संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर प्रतिकित्ता ४५० रुपैयाँका दरले खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संगठित संस्थाले आगामी भदौ २० गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा- २६, विजयपुर कास्कीमा आफूले किन्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिन सक्नेछन् ।

प्रकाशित : 29 August, 2024 11:19 am