ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स डायोग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स डायोग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट



काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायोग्नोस्टिक सेन्टर’ले आफ्ना सेवाहरुमा २० प्रतिशतसम्मको छुट दिने भएको छ ।

ज्योति विकास बैंक र डायोग्नोस्टिक सेन्टरबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले क्लिनिकमा इन-हाउस परीक्षणहरू गराउँदा उक्त छुट पाउने भएका हुन् ।

त्यसैगरी, हालैमात्र कम्पनीले काठमाडौंको ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

कम्पनीले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राखेर देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको बताएको छ।

कम्पनीले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित : १३ भाद्र २०८१, बिहीबार ११:०७