माछापुच्छ्रे बैंकको चाडपर्वलक्षित कर्जामा छुट योजना, बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा घर कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको चाडपर्वलक्षित कर्जामा छुट योजना, बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा घर कर्जा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।

साथै, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्ने छन् । त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २०० वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार १९:३५