दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा सीइडीबि हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सीइडीबि हाइड्रोपावरको ११ प्रतिशत बापतको ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।

यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२१ प्रतिशत बापतको ८१ हजार ७६८ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी दुई कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार १६:४५