काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्ना एकाघर परिवारका सदस्यमाथि बीमा गर्न रोक लगाएको प्रावधान खारेज गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले संस्थागत सुशासन निर्देशनमा पहिलो संशोधन गर्दै उक्त प्रावधान खारेज गरेको हो।
प्राधिकरणले यसअघि बीमा अभिकर्ताले आफू अभिकर्ता भएर एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने प्रावधान लागू गरेको थियो ।
पेशागत बीमा अभिकर्ता संघका प्रतिनिधिले एकाघर परिवारका सदस्यको बीमामा रोक लगाउने प्रावधानले जीवन बीमाको विस्तारमा अवरोध खडा गर्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।
साथै जीवन बीमक संघ नेपालले पनि यो प्रावधानबारे पुनःविचार गर्न प्राधिकरण नेतृत्वसमक्ष अनुरोध गरेको थियो । सोही कारणले प्राधिकरण उक्त प्रावधान खारेज गरेको हो।
Comment