काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १९.७७ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यस कर्पोरेसनले ७ करोड ८८ लाख नाफा आर्जन गरेको थियो ।
यता, कम्पनीको आम्दानी भने ५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी अहिले बढेर १३ अर्ब ३५ करोड पुगेको छ ।
हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ जम्मा छ ।
यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी (वार्षिक) १९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३९७ रुपैयाँ ६२ पैसा रहेको छ ।
Comment