काठमाडौं । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरको छ । सरकारको उक्त कार्यलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ ।
शनिवबार एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त कार्यको स्वागत गरेको हो । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो ।
अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । “महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले भने ।
यसलाई अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल सहित मन्त्रालयलाई महासंघले धन्यवाद समेत दिएको छ। महासंघले मितव्ययी रुपमा आयोग संचालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।
Comment