‘नाडा अटो शो २०२४’मा ६ वटा बैंकले स्टल राख्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘नाडा अटो शो २०२४’मा ६ वटा बैंकले स्टल राख्ने



काठमाडाैं । ‘नाडा अटो शो २०२४’मा ६ वटा बैंकले स्टल राख्ने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शोमा विभिन्न ६ बैंकले स्टल राख्ने भएका हुन् । अटो शोको १६ औँ संस्करणमा स्टल राख्ने पक्का भएका ६ बैंकमध्ये ५ वटा वाणिज्य बैंक छन् भने एउटा विकास बैंक छ ।

अटो शोमा हिमालयन बैंक, ग्लोबल आईएमइ बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंकको स्टल रहने नाडाले जनाएको छ । यसपालीको नाडा अटो शोमा इन्स्योरेन्स कम्पनीको भने स्टल रहने छैन ।

अटो शोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रेसहित अटोमोबाइल्स कम्पोनेन्टका गरि कुल ८७ स्टल रहनेछन् । स्टल बाँडफाँड भइसकेको छ ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १६:१६