महुली लघुवित्तकाे नाफा ५६.४७ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महुली लघुवित्तकाे नाफा ५६.४७ प्रतिशतले बढ्याे



काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आवको तुलनामा नाफा ५६.४७ प्रतिशतले बढेको हो।

संस्थाले गत आवको चौथो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाले ५ करोड १७ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आर्जन गरेको छ । यो अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी भने १.७३ प्रतिशतले बढेर ३३ करोड ४९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ९ करोड ८७ लाख रुपैयाँबराबर रहेको छ ।

चौथो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि १७ करोड १४ लाख र अन्य सञ्चालनका लागि ४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ बढेको छ भने रिजर्भको आकार घटेको छ । रिटेन्ड अर्निङ १ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार भने २६ करोड ६४ लाख रुपैयाँबाट घटेर २५ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी पनि १३.७१ रुपैयाँबाट बढेर २१.४४ रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार १०:३७