आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण। « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण।



काठमाडाैँ । आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

जस अन्तर्गत २७ गते आईतबार देखि १ गते शनिबार सम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डि∙ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

जस अन्तर्गत २७ गते आईतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ३० स्थित ग्रीन पार्क, सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाट न.पा. वडा नं. ०९ स्थित बृन्दाबन सामुदायिक बन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा न.पा. वडा नं. ०१ छाँपडाडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर वडा नं. ०८ स्थित सितल छायासामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित : 11 August, 2024 7:52 pm