काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वस्थय बीमाको दायरा बढाइ पाँच लाखमा पुर्याउन प्रस्ताव गरेका छन् ।
मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले हाल १ लाख रकममा रहेको दायरा बढाएर पाँच लाखमा पुर्याउन आफूले प्रस्ताव गर्ने बताएका हुन् ।
अहिले बीमा प्रक्रिया असाध्यै धेरै झन्झटिलाे रहेको बताउँदै उनले भने, ‘ खास गरी बीमा गरेका नागरिकहरूलाई अस्पतालले नै दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको छ, यसलाई अन्त्य गर्न व्यवस्थित तरिकाले अगाडि बढाउन नीतिगत रूपमा प्रस्ताव गर्छु ।’
अहिले नेपालमा २८ प्रतिशत नेपालीमात्र बीमामा आवद्ध भएका छन् । यसमा पनि दिनप्रतिदिन नविकरण घट्दै गएको छ । अहिलेको बीमा प्रणालीमा आम मानिसको विश्वास घटिरहेको बताउँदै मन्त्री पौडेलले स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दे सामाजिक सुरक्षाको एकद्धार प्रणाली गरिने बताए ।
स्वास्थ्य बीमामा आबद्ध नागरिकको संख्यालाई बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्न आम्दानीको आधारमा प्रमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित बनाउन स्वास्थ्यबीमाको नीतिगत कानुनी व्यवस्थापनमा आवश्यक पुनरावलकन गरिने उनको भनाइ छ ।
Comment