सनराइज म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सनराइज म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा



काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । यस अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुले कर सहित १२.५% प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुले कर सहित ४.५% प्रतिफल पाउने भएका छन् ।

योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार ११:३७