काठमाडाैं । नेपालको निर्जीवन वीमा क्षेत्रमा दशकैंदेखि चीरपरिचित नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ बीचसवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौतामा एक समारोह विच मंगलबार हस्ताक्षर भयो ।
उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसंग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.मा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।
सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघ को तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गर्नु भएको हो ।
Comment