नेप्से २८ सयकाे विन्दु नजिक, २१ अर्ब ८६ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से २८ सयकाे विन्दु नजिक, २१ अर्ब ८६ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारले दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४०.७६ अंक बढेर २७९६.३८ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.६५ अंक घटेको छ।

आज बजारमा ३२६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ११ वटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा रु रु हाइड्रोपावर, सीईडीबी हाइड्र्रोपावर,सगरमाथा जलविद्युत्, कुथेलीबुखारी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला हाइड्रोपावर, भिजन लुम्बिनी, मुक्तिनाथ कृषि कम्पनी, सीटी होटल, माउन्टेन हाइड्रोपावर र ह्याथ वे कम्पनी छन् । त्यस्तै, आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १५:२७